नेपाली कांग्रेस रामेछापले भन्याे- काेभिड महामारीमा सक्दाे सहयाेग गर्याैँ, अझै निरन्तर रहनेछ
- गाउँ सहर संवाददाता
- ३० जेठ आइतबार, २०७८ | १३:१४:०० मा प्रकाशित

रामेछाप । नेपाली कांग्रेस रामेछापले काेराेना भाइरस (काेभिड-१९) काे महामारीमा पार्टीगत, व्यक्तिगत तथा समूहगत रूपमा विभिन्न अभियानमार्फत काेभिड राेकथाम र संक्रमितहरूलाई सहयाेगका लागि सक्रिय भएर लागेकाे जनाएकाे छ ।
यस अवधिमा नेपाली कांग्रेस पार्टी तहदेखि भातृ संगठनहरू र तिनका शुभेच्छुकहरूले औषधीजन्य सामाग्री, राहत सामाग्रीदेखि नगदसमेत स्थानीय तहमा पुगेर सहयाेग गरेकाे जनाएकाे छ ।
जिल्ला कार्यसमित सदस्य एवम् पार्टी प्रवक्ता नारायणबहादुर खड्काले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी, भातृ संस्था, तथा सुभेच्छुक र समर्थकहरूलाई धन्यबाद व्यक्त गर्दै सहयाेग अभियान अझै जारी रहेकाे जनाएका छन् ।
विज्ञप्तिमा पूर्णबहादु तामाङ (कान्छाराम)ले १३ वटा एम्बुलेन्समार्फत उपचारका लागि बिरामीहरूलाई काठमाडाैं लैजान नि:शुल्क व्यवस्था र २३ लाख बराबरकाे आइसियू बेड सहयाेग, नेपाली कांग्रेस काठमाडाैं-रामेछाप सम्पर्क समितिले सक्रियताका साथ उपलब्ध गराएकाे स्वास्थ्य सामाग्री र अन्य विभिन्न भातृ संस्था तथा शुभेच्छुक र व्यक्तिहरूले उपलब्ध गराएकाे सहयाेगकाे विवरण पनि उल्लेख गरिएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस