दिगोविकास

आइतबार सुनचाँदीको भाउ यस्ताे छ

काठमाडाैं । आइतबार सुनको भाउ घटेको छ भने चाँदीको स्थिर छ । आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९४ हजार ५०० र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

 

गाउँ सहर संवाददाता