वैद्यलाई अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न कांग्रेसकाे निर्देशन
- गाउँ सहर संवाददाता
- २९ जेठ शनिबार, २०७८ | ०८:४१:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेशसभामा दिएकाे विवादास्पद अभिव्यक्ति फिर्ता लिई आत्मालोचना गर्न प्रदेशसभा सदस्य नराेत्तम वैद्यलाई निर्देशन दिएकाे छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सदनमा संयमता गुमाउन नहुने भन्दै अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न वैद्यलाई निर्देशन दिइएकाे बताए ।
त्यस्तै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्र बाँनियाले पनि विज्ञप्ति निकालेर आफ्ना अभिव्यक्ति फिर्ता लिन वैद्यलाई निर्देशन दिएका छन् ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वैद्यले संसदमा संयम गुमाएको टिप्पणी गर्दै आत्मालोचना गर्न निर्देशन दिएका छन् । ‘सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न । आवेगको बोली र व्यवहार ‘भावनात्मक उत्तेजना’ भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन,’ शर्माले ट्वीट गरेका छन् ।
वैद्यले संसदीय मर्यादा विपरीतको अभिव्यक्ति दिएको भन्दै प्रदेशसभा सदस्य अजयक्रान्ति शाक्य लगायतले उनलाई हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।
वैद्य काठमाडौं क्षेत्र नं. ४ (क) बाट बाग्मती प्रदेशसभामा काँग्रेसबाट निर्वाचित सांसद हुन् । उनी पशुपति क्षेत्र विकास कोषको पूर्व कोषाध्यक्षसमेत हुन् ।
उनको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा चौतर्फी विरोध भएको छ । उनले सार्वजनिक रुपमा यो अभिव्यक्ति फिर्ता लिन पनि आग्रह गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस