वरिष्ठ लाेकगायक बस्याललाई पितृशाेक
- गाउँ सहर संवाददाता
- २८ जेठ शुक्रबार, २०७८ | १५:५२:०० मा प्रकाशित

काठमाडाैं । वरिष्ठ लोकगायक बुद्धिसागर बस्याललाई पितृशाेक परेकाे छ । बिहीबार उनका पिता लाेकनाथ बस्यालको निधन भएको हो । ९० वर्षीय बस्यालकाे स्याङ्जाकाे गल्याङ्ग नगरपालिका वडा नं- १, मालुङ्गास्थित रहेको घरमै बिहीबार साँझ निधन भएको बस्यालले जानकारी दिए ।
गायक बस्यालका अनुसार बुबा केही राेग नभएपनि केहीदिनदेखि अस्वस्थ देखिएका थिए । केही दिनदेखि अलि असहज महसुस गर्दै आएका लाेकनाथको बुधबार हिन्दु धर्म परम्पराअनुसार बैतर्नी गाइदान पनि गरिएकाे थियाे ।
लाेकनाथका श्रीमती पाँच छोरा र दुई छोरी छन् । गायक बुद्धिसागर बस्यालका काइँलाे छाेरा हुन् ।
लामो समयदेखि क्यानाडामा बसोबास गरिरहेका गायक बस्याल दुईवर्षदेखि नेपालमै छन् । पोखरामा झलकमान गन्धर्वका विषयमा डकुमेन्ट्री तयार पार्न उनी नेपाल आएका हुन् । त्यसयतादेखि उनी क्यानाडा फर्किएका थिएनन् ।
बुबाकाे निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्-" बाबा हजुरलाई संसार देखाउछु जाम भन्दा छोरा तिमीले हेरे पुग्छ...तिमीले संसार घुमेर जे देख्छौ
म यहीँ जन्म ठाउँबाट मेरो आँखाले हेरिरहेको हुन्छु भन्नु हुन्थ्यो greatest wisdom for me !!! तपाईँले देखाएको बाटोमा सधैँ हिड्नेछौँ बाबा ।"
लोकगीत र लोकसंस्कृतिको बचाउका निम्ति विदेशमा समेत थुप्रै अभियान सञ्चालन गरिरहेका बुद्धिसागरले केही समयदेखि बुबा-आमाकाे हेरचाहमा घरमै बसिरहेका छन् ।
बुबाकै प्रेरणा र भाेगाइलाई समेट्दै उनले गाएकाे गीत ‘बाजेका पालामा मोहोर पाथी नुन’ अहिले पनि चर्चित छ ।
उनका ‘बाजेका पालामा मोहोर पाथी नुन’, ‘डाँफे नाचेर, छमछम पाउजुले’, ‘मुरलीको धुन’ ‘चस्मा लाएर’ लगायतका दर्जनाैँ लोकप्रिय गीतहरू छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस