१८ वर्षदेखि निरन्तर मानव सेवामा समर्पित नमस्ते सामुदायिक प्रतिष्ठान
- गाउँ सहर संवाददाता
- २७ जेठ बिहीबार, २०७८ | १५:४९:०० मा प्रकाशित
.jpeg)
पोखरा । मानव सेवामा समर्पीत पोखराको चर्चित नमस्ते सामुदायिक प्रतिष्ठान १९ वर्षमा प्रवेश गरेको छ । समाजका विभिन्न क्षेत्रमा काम गर्दै आएको यो संस्था २०६० साल जेठ २७ गते पोखरा ६ बैदाम निवासी संस्थापक अध्यक्ष भिष्मराज पौडेलको अग्रसरतामा स्थापना भएको थियो । पौडेलले संस्थालाई यहाँसम्म ल्याउन निक्कै मेहनत गरेको देखिन्छ । संस्थाको डेढ दशक यात्रामा कति आरोह-अवरोह आउदा पनि संस्थापक अध्यक्ष पौडेलले नआत्तिकन आफ्नो कर्म अगाडि बढाईरहेका छन् ।
कठिन अवस्थाका बालबालिकालाई आवासको व्यवस्था गर्ने उद्देश्यले त्यतिबेला नमस्ते बाल गृहको स्थापना भएको थियो । अहिले १९ वर्षमा प्रवेश गर्दा संस्थाले समाजका विविध पक्षमा काम गरिरहेको छ । संस्थाको मूल भावना नै ‘समाजको सर्वाङ्गिण विकासको निम्ति परोपकारी भावना’ रहेको सन्दर्भमा यसले बालगृह कार्यक्रम, उच्च शिक्षा, छात्रबृत्ति, महिला सशक्तिकरण, विधालय सहयोग, कान क्लिनिक, पर्यटन विकाश, प्राकृतिक विपत्ति, स्वास्थ्य क्षेत्र तथा कोभिड–१९ रोकथामका लागि काम गरिरहेको छ ।
हाल बालगृह कार्यक्रमअन्तर्गत १ सय ६ बालबालिकाको उद्धार गरिएको संस्थाले जनाएको छ । यसमा पनि ८६ जनालाई अध्ययन तथा रोजगार मुलक तालिम पश्चात समाजमा पुर्नस्थापना गरिएको संस्थाद्धारा जारी विज्ञप्तीमा भनिएको छ। यी बालबालिकाहरु अनाथ, असहय, जेल, सडक, ग्रामिण क्षेत्र, द्धन्दपिडित, घरेलु हिंसा पिडित, बाल श्रमिक, शारिरीक श्रोषणमा परेका थिए ।
हालसम्म संस्थाले १ सय ७६ जना बालबालिकालाई छात्रबृत्ति प्रदान गरिसकेको छ। जसमा १ सय ६७ जनाले विधालय शिक्षा पुरा गरिसकेका छन् । यसैगरि ४० देखि ५० एकल महिलालाई निःशुल्क तालिम प्रदान गर्नुका साथै २ सय ६ महिलाले ३ महिने सिलाई कटाई, कृषि सम्बन्धी तालिम, मनोविमर्श कक्षा, व्यवसाय सुरु गर्ने आवश्यक अन्य ज्ञान पाइसकेका छन् ।
सन् २००९ देखि २०१४ का बीच २५ हजार बालबालिका तथा विभिन्न मानुभावले निःशुल्क कान परीक्षण गरिसकेका छन्। यस्तै, संस्थाले १६ सय जनालाई पर्यटन सम्बन्धि तालिम प्रदान गरेको छ। २०७५ सालमा आएको भुकम्पमा २ हजार परिवारलाई खाधन्न सहयोग, आपतकालीन बन्दोबस्तीका सामान, मेडिकल क्याम्प, ५५ वटा आपतकालीन घर निर्माण र करिब १६ सय बालबालिकालाई विधालय झोला तथा पाठ्यसामाग्री वितरण गरिएको थियो ।
कोभिड–१९ को महामारीको बेला पोखरा महानगरपालिका तथा लायन्स क्लबको सहकार्यमा लेखनाथस्थित पुरानो नगरपालिका भवनलाई कोभिड अस्पताल बनाउन बेड, अक्सिजन मेशिन तथा अन्य अत्यावश्यक सामाग्री खरिदका लागि संस्थाले तीस लाख रुपैयाँ सहयोग गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस