प्रमाणपत्र राखी ऋण पाउने प्रावधानलगायत शैक्षिक विषयहरू तत्काल कार्यान्वयन गर्न माग
- गाउँ सहर संवाददाता
- २५ जेठ मंगलबार, २०७८ | १६:१५:०० मा प्रकाशित
काठमाडौं । नेकपा (एमाले) ओली निकट विद्यार्थी संगठन अनेरास्ववियुले शैक्षिक क्षेत्रका समस्या समाधानका लागि बजेटमा समावेश गरिएका कार्यक्रमहरुको अविलम्ब कार्यान्वयनका लागि उपप्रधान तथा अर्थममन्त्री विष्णु पौडेलको ध्यानाकर्षण गराएको छ।
अनेरास्ववियुले अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै शैक्षिक प्रमाणपत्र धितो राखी २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने कार्यक्रमको निश्चित प्रारुप तयार गरी तत्काल कार्यान्वयनका गर्न माग गरेको छ।
साथै ल्याप्टप खरिदका लागि उपलब्ध गराउने भनिएको ८० हजार रुपैयाँ पनि उपलब्ध गराउन अनेरास्ववियुले ध्यानाकर्षण गराएको छ। यस्तै पाँच कक्षासम्मका विद्यार्थीका लागि उपलब्ध गराइने दिवा खाजा कार्यक्रममा पोषणयुक्त खाजा उपलब्ध नभएको भन्ने गुनासोको सम्बोधन गर्न पनि ध्यानाकर्षण गराइएको छ।
१६ वर्षमाथिका विद्यार्थीहरुलाई निःशुल्क सिम कार्ड, सामान्य नागरिक तथा विद्यार्थीलाई दैनिक जीवन निर्वाहका लागि सहुलियतपूर्व खाद्यान्न उपल्ध गराउन पनि अनेरास्ववियुले माग गरेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
प्रतिकृया दिनुहोस