प्रमाणपत्र राखी ऋण पाउने प्रावधानलगायत शैक्षिक विषयहरू तत्काल कार्यान्वयन गर्न माग
- गाउँ सहर संवाददाता
- २५ जेठ मंगलबार, २०७८ | १६:१५:०० मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) ओली निकट विद्यार्थी संगठन अनेरास्ववियुले शैक्षिक क्षेत्रका समस्या समाधानका लागि बजेटमा समावेश गरिएका कार्यक्रमहरुको अविलम्ब कार्यान्वयनका लागि उपप्रधान तथा अर्थममन्त्री विष्णु पौडेलको ध्यानाकर्षण गराएको छ।
अनेरास्ववियुले अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै शैक्षिक प्रमाणपत्र धितो राखी २५ लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने कार्यक्रमको निश्चित प्रारुप तयार गरी तत्काल कार्यान्वयनका गर्न माग गरेको छ।
साथै ल्याप्टप खरिदका लागि उपलब्ध गराउने भनिएको ८० हजार रुपैयाँ पनि उपलब्ध गराउन अनेरास्ववियुले ध्यानाकर्षण गराएको छ। यस्तै पाँच कक्षासम्मका विद्यार्थीका लागि उपलब्ध गराइने दिवा खाजा कार्यक्रममा पोषणयुक्त खाजा उपलब्ध नभएको भन्ने गुनासोको सम्बोधन गर्न पनि ध्यानाकर्षण गराइएको छ।
१६ वर्षमाथिका विद्यार्थीहरुलाई निःशुल्क सिम कार्ड, सामान्य नागरिक तथा विद्यार्थीलाई दैनिक जीवन निर्वाहका लागि सहुलियतपूर्व खाद्यान्न उपल्ध गराउन पनि अनेरास्ववियुले माग गरेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस