स्वास्थ्य

देशका यी स्थानमा निम्न उमेर समूहले मंगलबारबाट काेराेनाविरूद्धकाे भेराे सेल लगाउने, नछुट्नुहाेला

काठमाडाैँ । भाेली अर्थात २५ गते मंगलबारबाट लगाइने काेराेनाविरूद्धकाे खाेप काठमाडाैँ र बाहिर गरेर निम्न उमेर समूहले लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

उसका अनुसार काठमाडाैँ बाहिरका सम्पूर्ण जिल्लामा ६२, ६३ र ६४ वर्ष उमेर समूह, काठमाडाैँ, भक्तपुर र ललितपुरमा ६० देखि ६४ उमेर समूह, काठमाडाैँ उपत्यकामा पहिलाे डाेज भेराे सेल लगाएका र दाेस्राे डाेज लगाउन छूटेका, यसअघि खाेप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी र इन्टर्नहरू, तिब्बतसँग सिमाना जाेडिएका १८ वर्ष उमेर माथिका सबै व्यक्तिहरू र हिमाली जिल्लामा यसअघि खाेप लगाउन छुटेका ५५ वर्ष माथिका व्यक्तिहरू खाेपमा सामेल हुनसक्नेछन् ।

खाेप लगाउन जाँदा परिचय खुल्ने कागजात र पहिले लगाएकाले खाेपकार्ड बाेक्नुहुन मन्त्रालयले अनुराेध गरेकाे छ ।

गाउँ सहर संवाददाता