स्वास्थ्य
डेनमार्क सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको १४ लाख डोज खोप अनुदानमा दिने
- गाउँ सहर संवाददाता
- २३ जेठ आइतबार, २०७८ | १५:५५:०० मा प्रकाशित
काठमाडौं । डेनमार्क सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको १४ लाख डोज खोप अनुदानमा दिने भएको छ ।
युनिसेफमार्फत डेनमार्कले अस्ट्राजेनिकाको कोरोनाविरुद्धको खोप दिने निर्णयसहित नेपाललाई पत्राचार गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ । डेनमार्क सरकारको पत्र पाएलगत्तै विभागले खोप ल्याउने प्रक्रियाका लागि युनिसेफलाई सो पत्र ‘फरवार्ड’ गरेको छ ।
डेनमार्कमा प्रयोग नभइरहेको अष्ट्राजेनिकाको खोप ल्याउनका लागि विभागले पहल गरिरहेको र सोही खोप १४ लाख डोज नेपालले पाउन लागेको खोप विभागका प्रमुख डा. झलक गौतमले बताए । खोप कहिले पठाउने भन्ने निर्णय युनिसेफले नै गर्ने विभागले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस