स्वास्थ्य
डेनमार्क सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको १४ लाख डोज खोप अनुदानमा दिने
- गाउँ सहर संवाददाता
- २३ जेठ आइतबार, २०७८ | १५:५५:०० मा प्रकाशित

काठमाडौं । डेनमार्क सरकारले नेपाललाई कोभिड–१९ विरुद्धको १४ लाख डोज खोप अनुदानमा दिने भएको छ ।
युनिसेफमार्फत डेनमार्कले अस्ट्राजेनिकाको कोरोनाविरुद्धको खोप दिने निर्णयसहित नेपाललाई पत्राचार गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ । डेनमार्क सरकारको पत्र पाएलगत्तै विभागले खोप ल्याउने प्रक्रियाका लागि युनिसेफलाई सो पत्र ‘फरवार्ड’ गरेको छ ।
डेनमार्कमा प्रयोग नभइरहेको अष्ट्राजेनिकाको खोप ल्याउनका लागि विभागले पहल गरिरहेको र सोही खोप १४ लाख डोज नेपालले पाउन लागेको खोप विभागका प्रमुख डा. झलक गौतमले बताए । खोप कहिले पठाउने भन्ने निर्णय युनिसेफले नै गर्ने विभागले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस