कर्णाली प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको सपथ
- गाउँ सहर संवाददाता
- २३ जेठ आइतबार, २०७८ | १५:४७:०० मा प्रकाशित
सुर्खेत । कर्णाली प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले आइतबार एक समारोेहकाबीच नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
कर्णाली प्रदेश सरकारमा काँग्रेस सहभागी हुने भएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । कांग्रेसले सरकारमा सहभागी हुन दुईजना प्रदेशसभा सदस्यको नाम सिफारिस गरेको थियो ।
मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई नियुक्त गरेका हुन् । सामाजिक विकास मन्त्री बिसी सुर्खेतका हुन् भने जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठ जुम्लाका हुन् । भौतिक पुर्वाधार विकास मन्त्रालयलाई फुटाएर जलस्रोत तथा उर्जा विकास मन्त्रालय बनाइएको हो । लामो समयदेखि नेतृत्वविहीन रहेको सामाजिक विकास मन्त्रालयले बल्ल नेतृत्व पाएको छ । योसँगै मन्त्रीपरिषदले पूर्णता पाएको छ ।
एमालेले माओवादी केन्द्रको सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि वैशाख ३ गते नेपाली कांग्रेसले विश्वासको मत दिएर सरकार जोगाइ राख्न साथ दिएको थियो । साथै, एमाले माधव नेपाल पक्षका चार जनाले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको पद जोगिएको थियो । फ्लोर क्रस गर्ने चार मध्य तीन जना अहिले सरकारमा मन्त्री छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस