कर्णाली प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको सपथ
- गाउँ सहर संवाददाता
- २३ जेठ आइतबार, २०७८ | १५:४७:०० मा प्रकाशित
सुर्खेत । कर्णाली प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले आइतबार एक समारोेहकाबीच नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
कर्णाली प्रदेश सरकारमा काँग्रेस सहभागी हुने भएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । कांग्रेसले सरकारमा सहभागी हुन दुईजना प्रदेशसभा सदस्यको नाम सिफारिस गरेको थियो ।
मुख्यमन्त्री शाहीले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठलाई नियुक्त गरेका हुन् । सामाजिक विकास मन्त्री बिसी सुर्खेतका हुन् भने जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दीनबन्धु श्रेष्ठ जुम्लाका हुन् । भौतिक पुर्वाधार विकास मन्त्रालयलाई फुटाएर जलस्रोत तथा उर्जा विकास मन्त्रालय बनाइएको हो । लामो समयदेखि नेतृत्वविहीन रहेको सामाजिक विकास मन्त्रालयले बल्ल नेतृत्व पाएको छ । योसँगै मन्त्रीपरिषदले पूर्णता पाएको छ ।
एमालेले माओवादी केन्द्रको सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि वैशाख ३ गते नेपाली कांग्रेसले विश्वासको मत दिएर सरकार जोगाइ राख्न साथ दिएको थियो । साथै, एमाले माधव नेपाल पक्षका चार जनाले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको पद जोगिएको थियो । फ्लोर क्रस गर्ने चार मध्य तीन जना अहिले सरकारमा मन्त्री छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस