विश्वहिन्दु महासंघद्वारा पोखरा वृद्धाश्रमलाई सहयोग
- गाउँ सहर संवाददाता
- २३ जेठ आइतबार, २०७८ | १४:४८:०० मा प्रकाशित

पोखरा । विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाभाईरसको कारणले हरेक क्षेत्रलाई निकै प्रतिकूल असर पारेको छ जसमा सेवा र सहयोगकानिम्ति स्थापना भएका संघसंस्थालाई भने निकै अप्ठ्यारो परिस्थितिको सामना गरिरख्नु परेको छ ।
पोखरा महानगरपालिका वडा नं १७ सीतापाईला स्थित पोखरा वृद्धाश्रममा कोरोना कहरका कारण सहयोगदाताहरुको कमी भएपछि ताजा तरकारी लगायतका बस्तुहरूको अभाव शुरु भएको थियो ।
यो बिषम् परिस्थितिमा नागरिकोको सेवा र सहयोग बाट संचालित सबै जसो आश्रमहरुमा यस्ता समस्या शुरु भएको छ ।
यही बिषयलाई मध्यनजर गर्दै विश्वहिन्दु महासंघले बिभिन्न आश्रम र गुरुकुलहरुमा आवश्यक सहयोग प्रदान गर्दै आएको छ । पोखरा बृद्धाश्रममा तरकारीको अभाब भएको थाहा भएपछि विश्वहिन्दु महासंघ पोखरा नगर कमिटीले पोखरा बृद्धाश्रममा तीन दिनलाई पुग्ने गरी करीब ६० केजी तरकारी सहयोग गरेको छ ।
विश्वहिन्दु महासंघ नगर कमिटीका अध्यक्ष सबिना क्षेत्रीको नेतृत्वमा आश्रमका अध्यक्ष केशब पराजुलीलाई सहयोग हस्तान्तरण गरिएको हो ।
यस्तो महामारीको समयमा पनि आफ्नो कर्तब्य सम्झेर सहयोग गर्ने सम्पूर्ण दाताहरूलाई अध्यक्ष पराजुलीले धन्यबाद ज्ञापन गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस