विश्वहिन्दु महासंघद्वारा पोखरा वृद्धाश्रमलाई सहयोग
- गाउँ सहर संवाददाता
- २३ जेठ आइतबार, २०७८ | १४:४८:०० मा प्रकाशित
पोखरा । विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाभाईरसको कारणले हरेक क्षेत्रलाई निकै प्रतिकूल असर पारेको छ जसमा सेवा र सहयोगकानिम्ति स्थापना भएका संघसंस्थालाई भने निकै अप्ठ्यारो परिस्थितिको सामना गरिरख्नु परेको छ ।
पोखरा महानगरपालिका वडा नं १७ सीतापाईला स्थित पोखरा वृद्धाश्रममा कोरोना कहरका कारण सहयोगदाताहरुको कमी भएपछि ताजा तरकारी लगायतका बस्तुहरूको अभाव शुरु भएको थियो ।
यो बिषम् परिस्थितिमा नागरिकोको सेवा र सहयोग बाट संचालित सबै जसो आश्रमहरुमा यस्ता समस्या शुरु भएको छ ।
यही बिषयलाई मध्यनजर गर्दै विश्वहिन्दु महासंघले बिभिन्न आश्रम र गुरुकुलहरुमा आवश्यक सहयोग प्रदान गर्दै आएको छ । पोखरा बृद्धाश्रममा तरकारीको अभाब भएको थाहा भएपछि विश्वहिन्दु महासंघ पोखरा नगर कमिटीले पोखरा बृद्धाश्रममा तीन दिनलाई पुग्ने गरी करीब ६० केजी तरकारी सहयोग गरेको छ ।
विश्वहिन्दु महासंघ नगर कमिटीका अध्यक्ष सबिना क्षेत्रीको नेतृत्वमा आश्रमका अध्यक्ष केशब पराजुलीलाई सहयोग हस्तान्तरण गरिएको हो ।
यस्तो महामारीको समयमा पनि आफ्नो कर्तब्य सम्झेर सहयोग गर्ने सम्पूर्ण दाताहरूलाई अध्यक्ष पराजुलीले धन्यबाद ज्ञापन गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस