स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले भन्याे : कोभिडको तेस्रो र चौथो लहर बालबालिकाका लागि जाेखिम भएकाले २० प्रतिशत बेड तयारी राख्नु

काठमाडौं । कोभिड महमारीको तेस्रो र चौथो लहरले बालबालिका बढी संक्रमित हुन सक्ने भन्दै सबै सरकारी तथा निजी अस्पताललाई कम्तीमा २० प्रतिशत बेड तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरी बालबालिकाको उपचारमा प्रयोग हुने गरी अस्पतालका २० प्रतिशत बेड राख्न अनुरोध गरेको हो ।

अस्पतालहरूलाई अक्सिजनको समेत व्यवस्थापन गर्न भनेको छ । 

गाउँ सहर संवाददाता