झापाका १५ स्थानीय तहलाई ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन
- गाउँ सहर संवाददाता
- २० जेठ बिहीबार, २०७८ | ०६:३०:०० मा प्रकाशित

काठमाडाैँ । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि झापाका १५ स्थानीय तहलाई ७ अर्ब १८ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेको छ ।
सार्वजनिक बजेटअनुसार ८ वटा नगरपालिकाका लागि ४ अर्ब ५९ करोड २९ लाख विनियोजन भएको छ । जसमा सबैभन्दा बढी मेचीनगरलाई ७६ करोड ५२ लाख बजेट छ ।
७ वटा गाउँपालिकाका लागि सरकारले २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । गाउँपालिकातर्फ सबैभन्दा बढी कमल गाउँपालिकालाई ४८ करोड ३३ लाख बजेट छुट्टिएको छ ।
सरकारले आर्थिक वर्ष ०७८/७९ का लागि प्रदेश र पालिकाका लागि झन्डै चार खर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले सात प्रदेशमा एक खर्ब तीन अर्ब ७० करोड रुपैयाँ र सात सय ५३ पालिकाका लागि दुई खर्ब ८३ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको हो ।
आउँदो आर्थिक वर्षका लागि तीन खर्ब ८६ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ वित्तीय हस्तान्तरणका माध्यमबाट प्रदेश र पालिकामा जाने भएको हो ।
बजेटअनुसार गाउँपालिकामा एक खर्ब ३९ अर्ब १९ करोड, नगरपालिकामा एक खर्ब २३ अर्ब ९६ करोड, उपमहानगरपालिकामा नौ अर्ब ७६ करोड र महानगरपालिकामा १० अर्ब नौ करोड रुपैयाँ हस्तान्तरण हुने भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस