नेप्से बढेपनि यस दिन कारोबार रकम घट्याे
- गाउँ सहर संवाददाता
- ३ भदौ मंगलबार, २०८२ | १५:४४:०० मा प्रकाशित

काठमाडौं । अघिल्लो कारोबार दिन अर्थात साेमबार सामान्य अंक बढेर बन्द भएको नेप्सेले मंगलबार सामान्य अंकले बढेर बन्द भएको छ।
यस दिन नेप्से परिसूचक ९.७६ अंक बढेर २७८०.१५ विन्दुमा पुगेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। सोमबार ६ अर्ब १७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको ६१ हजार ७८४ पटकको कारोबारमा ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार रुपैयाँबराबरको १ करोड ३१ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
सान्भि इनर्जीको शेयरमूल्य यस दिन सर्वाधिक ६.९८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन पियोर इनर्जीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने इष्टर्न हाइड्रोपावरको शेयरमूल्य साढे ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ६.१४ प्रतिशत घटेको छ भने युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड ७२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन डिष्टिलरीको करिब साढे २८ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने राधी विद्युत कम्पनीको कारोबार रकम २० करोड नाघेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस