स्वास्थ्य

काेराेना अपडेटः सोमबार ६४९१ कोरोना संक्रमित डिस्चार्ज, ४७६२ संक्रमित थपिए, ११४ जनाको मत्यु

काठमाडाैं । सोमबार देशभर ११४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ३ सय ८६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ७ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर परीक्षण गर्दा ४ हजार १ सय ७८ र २ हजार ४ सय २५ एन्टिजेन परीक्षण गर्दा ५८४ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी सोमबार ६४९१ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यसअघि आइतबार ६ हजार २०५ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए ।

गाउँ सहर संवाददाता