हिमालय रि कम्पनीलाई पुनर्बीमा कम्पनीको लाइसेन्स
- गाउँ सहर संवाददाता
- १७ जेठ सोमबार, २०७८ | १४:३३:०० मा प्रकाशित

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स नयाँ पुनर्बीमा कम्पनीले लाइसेन्स प्राप्त गरेको छ ।
लाइसेन्सका लागि आवेदन दिएका ५ वटा कम्पनीमध्ये बीमा समितिको प्रस्तावमा अर्थमन्त्रालयले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई प्रारम्भिक आशय पत्र प्रदान गरेको कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए ।
लाइसेन्सका लागि आवेदन दिने अन्य कम्पनीमा अन्नपूर्ण रि, काठमाडौं रि, प्रुडेन्सियल रि, जेन्युन रि कम्पनी थिए ।
हिमालय रि कम्पनीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, निर्वतमान अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोर, दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्तालगायतका व्यवसायिक घरानाको लगानी छ ।
बीमा समितले एउटा मात्रै कम्पनीलाई लाइसेन्स प्रदान गर्ने गरि गत बैशाख १६ गतेदेखि जेठ ५ गतेसम्म सार्वजनिक रुपमा प्रस्तावपत्र आह्वान गरेको थियो ।
हाल नेपालमा एउटा मात्रै पुरर्बीमा कम्पनी ‘नेपाल रि इन्स्योरेन्स’ कम्पनी सञ्चालनमा छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
- साउने संक्रान्ति : लुतो फ्याँक्ने चलन, किन फालिन्छ लुतो नयाँ पुस्तालाई थाहै छैन्
- बिर्सनुभयाे कि -बीपी राजमार्गमा आजदेखि राति १२ घण्टा यातायात सञ्चालन नहुने
- आर्थिक वर्षकाे अन्तिम दिन नेप्से परिसूचक २८ सय नजिक, काराेबार रकममा वृद्धि
- बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस