कोरोना भाइरस सङ्क्रमणबाट बाँकेमा ६ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- १७ जेठ सोमबार, २०७८ | १२:५५:०० मा प्रकाशित

बाँके । कोरोना भाइरस सङ्क्रमणबाट पछिल्लो १२ घण्टामा बाँकेमा ६ जनाको मृत्यु भएको छ ।
सङ्क्रमित बिरामीहरूको उपचार भइरहेको भेरी अस्पतालमा तीन जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा तीन जना गरी थप ६ जना सङ्क्रमितको मृत्यु भएको हो ।
जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीका अनुसार मृत्यु हुनेहरूमा नारायण नगरपालिका–५ दैलेखका ६० वर्षीय पुरुष, राप्तीसोनारी–७ बाँकेका ५० वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१२ का ८७ वर्षीय पुरुष, मध्यनेपाल–४ लमजुङका ३१ वर्षीय पुरुष छन् ।
त्यस्तै उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका–७ दाङका ८३ वर्षीय पुरुष र घोडाघोडी नगरपालिका–१ कैलालीका ४० वर्षीया महिलाको समेत सङ्क्रमणकै कारण मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका २८६ जना र जिल्लाकै २९१ जनाको मृत्यु भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
प्रतिकृया दिनुहोस