त्रिभुवन विश्वविद्यालयका ११ शिक्षक १२ जना कर्मचारीको काेभिड संक्रमणबाट निधन
- गाउँ सहर संवाददाता
- १६ जेठ आइतबार, २०७८ | १७:४१:०० मा प्रकाशित

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका शिक्षक र कर्मचारी गरेर २३ जनाकाे काेभिड-१९ संक्रमणबाट निधन भएकाे छ ।
विश्वविद्यालयका अनुसार ११ जना शिक्षक र १२ जना कर्मचारीकाे निधन भएकाे छ ।
आइतबार विज्ञप्ति जारी गर्दै त्रिविले २ जना सहप्राध्यापक, ५ जना उपप्राध्यापक, २ जना शिक्षण सहायक, २ जना आंशिक शिक्षककाे निधन भएकाे जनाएकाे छ ।
यस्तै एक जना महाशाखा प्रमुख, एकजना उपप्रशासक, ५ जना शाखा अधिकृत र ५ जना कार्यालय सहयोगीको निधन भएको छ ।
मृत्यु हुने प्राध्यापक, शिक्षक र कर्मचारीहरू विश्वविद्यालयसँग सम्बन्धन रहेका विभिन्न क्याम्पसमा कार्यरत थिए ।
विश्वविद्यालयले ७९ वटा शिक्षण इकाइहरूले पूर्ण रुपमा र ३० वटा निकायहरूले आंशिक रुपमा अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेको जनाएकाे छ ।
साथै कोरोनाका कारण रोकिएका परीक्षाहरू पनि छिटै सञ्चालन गर्न गृहकार्य भइरहेको विश्वविद्यालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस