गाउँ सहर

बारपाकमा कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षणका कारण एक सातामा १० जनाको मृत्यु

काठमाडौँ । २०७२ सालको महाभुकम्पको केन्द्र गोरखाको बारपाकमा कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षणका कारण एक सातामा १० जनाको मृत्यु भएको छ ।

बारपाक सुलिकोट गाउँपालिकाअन्तर्गत वडा-१ र २ मा पर्ने बारपाक गाउँका प्रायः सबै बिरामी रहेका छन् ।

के कारणले बिरामी र मृत्यु भएको हो भन्ने सम्बन्धमा अध्ययन, अनुसन्धान र नियन्त्रणका लागि आवश्यक औषधी तथा परीक्षण किटसहित विशेषज्ञ चिकित्सक, नर्सिङ स्टाफ, प्रयोगशालाकर्मीसहितको टोली त्यहाँ पठाइएको  स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

गाउँ सहर संवाददाता