सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग शाहरुख खानको ट्रिनवागो नाइट राइडर्सबाट खेल्ने
- गाउँ सहर संवाददाता
- १२ जेठ बुधबार, २०७८ | ०९:४१:०० मा प्रकाशित
काठमाडाैं । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
साबिक विजेता ट्रिनवागो नाइट राइडर्सबाट सन्दीपले नयाँ सिजन खेल्ने भएका हुन् । सीसीएलले मंगलबार सन्दीपले ट्रिनवागोबाट खेल्ने पुष्टि गरेको हो ।
सन्दीपले यस अघि तीन सिजन सीपीएल खेलिसकेका छन् ।
सन्दीपले गत सिजन जमैका तलावाजबाट खेलेका थिए । त्यसअघि उनले सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए ।
२०२१ को सीपीएल क्रिकेट अगस्ट २८ बाट सुरु हुनेछ ।
सेट किट्स एण्ड नेभिसमा आयोजना हुने सीपीएलको फाइनल सेप्टेम्बर १९ मा हुनेछ । प्रतियोगितामा कुल ३३ खेल हुनेछ ।
ट्रिनवागो इन्डियन प्रिमियर लिग फ्रेन्चाइज कोलकता नाइट राइडर्सको टिम हो । कोलकताकै मालिक बलिउड स्टार शाहरुख खान, जे मेहता र जुही चावला यसका मालिक हुन् । यस्तै प्रशिक्षकमा ब्रेन्डन म्याकुलम छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस