काेराेना संक्रमित डिएसपी खरेलको निधन
- गाउँ सहर संवाददाता
- १० जेठ सोमबार, २०७८ | १७:२५:०० मा प्रकाशित

काठमाडाैं । कोभिड–१९ संक्रमणबाट नेपाल प्रहरीका नायव उपरिक्षक (डिएसपी) समीरचन्द्र खरेलको निधन भएको छ । नेपाल प्रहरी अस्पतालमा सोमबार खरेलको निधन भएको हो ।
खरेल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए । प्रहरी अस्पतालमा जेठ ६ मा राति महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी राजकुमार केसीले पनि ज्यान गुमाएका थिए । वैशाख २२ संक्रमण भएपछि केसीलाई सो अस्पतालमा भर्ना गरिएको थियो ।
खरेल २०५१ सालमा प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। उनी २०५८ सालमा प्रहरी निरीक्षक बनेका थिए ।
खरेल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत् थिए ।
यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत् प्रहरी नायब उपरीक्षक राजकुमार केसीको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस