स्वास्थ्य

भद्दा राजनीतिक मजाक हुँदैगर्दा कोरोनाभाइरसबाट थप १७७* जनाको मृत्यु, ७५.४% निको

काठमाडाैँ । नेपाली राजनीतिमा भद्दा मजाक भइरहेकाे समयमा थप १७७* जनाले काेराेनाभाइरसका कारण ज्यान गुमाएका छन् । योसहित कुल मृतकको संख्या ६ हजार २४ पुगेको छ । 

यो मृत्यु* नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुबै विधिबाट २३ हजार  २२६ को परीक्षण गरिएकोमा ८ हजार ६०७ नयाँ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ८९० जना निको भएका छन् । योसहित कुल निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ । निको हुने दर ७५.४ प्रतिशत रहेको छ । अहिले देशका क्वारेन्टाइनमा रहनेको संख्या ९१२ रहेको छ ।

मन्त्रालयका अनुसार अहिले देशभरमा १ लाख १६ हजार १९२ सक्रिय संक्रमित रहेका छन् । 

मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार ७१६ को आइसियूमा र ५११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या १ लाख ८ हजार ४९५ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ७ हजार ६९७ छ ।

पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा निषेधाज्ञा जारी गरिएको छ ।

पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि २९, ३० देखि ३९ वर्ष, ४० देखि ४९ र ५० देखि ५९ वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।

देशभर आजसम्म २८ लाख ७८ हजार १४६ को पिसिआर परीक्षण भइसकेको मन्त्रालयले बताएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत