जाे जित्नका लागि दाैडिरहेका छन् (फाेटाेफिचर)
- गाउँ सहर संवाददाता
- ७ जेठ शुक्रबार, २०७८ | ०८:११:०० मा प्रकाशित
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम यतिबेला विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि अन्तिम तयारी स्वरूप प्रशिक्षण गरिरहेको छ ।
विश्वकप छनोट र मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीले बिहीबार दशरथ रंगशालामा तयारी गरेको छ ।
मुलुकभित्र विकसित राजनीतिक घटनाभन्दा पर रहेर यतिबेला उनीहरू आफ्नाे खेल तालिकाअनुसार इराक जानुअघि प्रशिक्षणमा तल्लिन देखिन्छन् ।
.jpg)
जेठ १५ ( मे २९) मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्न नेपाली टिम मैत्रीपूर्ण खेलका लागि जेठ ११ गते इराक प्रस्थान गर्ने छन् ।
कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको नेतृत्वमा नेपाली टिमले तयारी गरिरहेको छ । सहायक प्रशिक्षक किरण श्रेष्ठले अलमुताईरीलाई सहयोग गरिरहेका छन् ।
.jpg)
मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार नै २३ सदस्सीय नेपाली टिमको घोषणा गरिसकेका छन् । तर, प्रशिक्षणमा बन्द प्रशिक्षणमा सहभागी ३२ खेलाडी नै सहभागी छन् ।
.jpg)
यस्ताे छ नेपाली टिम :
गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास
मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा
.jpg)
.jpg)
.jpg)
तस्बिर -एन्फा
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
प्रतिकृया दिनुहोस