जाे जित्नका लागि दाैडिरहेका छन् (फाेटाेफिचर)
- गाउँ सहर संवाददाता
- ७ जेठ शुक्रबार, २०७८ | ०८:११:०० मा प्रकाशित
.jpeg)
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम यतिबेला विश्वकप छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि अन्तिम तयारी स्वरूप प्रशिक्षण गरिरहेको छ ।
विश्वकप छनोट र मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीले बिहीबार दशरथ रंगशालामा तयारी गरेको छ ।
मुलुकभित्र विकसित राजनीतिक घटनाभन्दा पर रहेर यतिबेला उनीहरू आफ्नाे खेल तालिकाअनुसार इराक जानुअघि प्रशिक्षणमा तल्लिन देखिन्छन् ।
जेठ १५ ( मे २९) मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्न नेपाली टिम मैत्रीपूर्ण खेलका लागि जेठ ११ गते इराक प्रस्थान गर्ने छन् ।
कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको नेतृत्वमा नेपाली टिमले तयारी गरिरहेको छ । सहायक प्रशिक्षक किरण श्रेष्ठले अलमुताईरीलाई सहयोग गरिरहेका छन् ।
मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार नै २३ सदस्सीय नेपाली टिमको घोषणा गरिसकेका छन् । तर, प्रशिक्षणमा बन्द प्रशिक्षणमा सहभागी ३२ खेलाडी नै सहभागी छन् ।
यस्ताे छ नेपाली टिम :
गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास
मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा
तस्बिर -एन्फा

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस