के कारणले पित्तथैलीमा पत्थरी हुन्छ
- गाउँ सहर संवाददाता
- २० बैशाख बिहीबार, २०७५ | १३:३२:०० मा प्रकाशित

के कारणले पित्तथैलीमा पत्थरी हुन्छ र पथ्थरी भएको कसरी थाहा पाउने । कलेजोको फेदमा सानो थैलो जस्तो हुन्छ यसलाई नै पित्तथैली भनिन्छ । पित्तथैलीको काम पित्तथैलीले पित्तलाई कडा बनाउनको साथै पित्तको भण्डार गर्ने र खानामा आएको चिल्लो पदार्थलाई नियन्त्रण गर्ने काम गर्छ । पित्तथैलीले पित्तलाई कडा बनाउनको साथै पित्तको भण्डार गर्ने र खानामा आएको चिल्लो पदार्थलाई नियन्त्रण गर्ने काम गर्छ ।
पित्तथैलीमा पत्थरी हुने यकीन कारण थाहा नभए पनि लवण, राता रत्तकोषहरु आदि नासिएर बनेका कणहरु पित्तथैलीमा जम्मा भएर लामो समय बस्दा स्राहो हुन्छ यसलाई नै पथ्थरी भन्निछ ।
लक्षण के–के हुन् ?
यो रोग लागेपनि लामो समय कुनै लक्षण देखा नपर्न सक्छ ।
१. पित्त उत्पादनमा कमी हुने भएकाले खाना अपच हुन्छ ।
२. बोसो भएको खानेकुरा खादा पेट पोल्ने, घोच्ने आदि समस्या हुन्छ ।
३.पेट दुख्ने । (विशेष गरेर दाँया भाग )
४. पत्थरी भएको लामो समय भए शरीरको दाँया भाग दुख्ने हुन्छ ।(हात, खुट्टा,कम्बर)
५.वाक्वाकी लाग्ने ।
पत्थरी हुँदा किन दुख्छ ?
कलेजोबाट पित्तासयमा लगातार पित्त आउँछ । यसरी आएको पित्त आवश्यक्ता अनुसार पित्तासयबाट बग्दछ । पित्तसयसंगै पत्थरी पनि बग्न खोज्छ । तर साह्रो भएकाले बग्न नसक्दा पित्तासयको मुखमा ठोकिन्छ र दुख्छ ।
कसलाई हुन्छ पथ्थरी ?
यो रोग सबै लिंग र उमेर समुहका मानिसमा हुन्छ । तर ४०,४५ वर्ष उमेर पार गरेका महिलामा यो रोग बढी देखिन्छ । यस रोगका रोगीले बढी चिल्लो र मसलादार खाना खानु हुदैन् ।
उपचार के हो ?
यसको सबैभन्दा उत्तम उपचार पद्धति भनेकै शल्यक्रिया गरेर पथ्थरी झिक्नु हो । यो रोगको बेलैमा उपचार भएन भने क्यान्सरसम्मको खतरा हुन्छ । त्यस कारण कुनै लक्षण देखिने बित्तिकै स्वास्थ्य परीक्षण गराउनु पर्दछ ।एजेन्सिकाे सहयाेगमा

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
प्रतिकृया दिनुहोस