कोरोनाभाइरसबाट मृत्यु दिनकै उचो, थप १९६* जनाको मृत्यु, ६ हजार ८९१ जनाले गरे स्वास्थ्य लाभ
[१ हजार ५९० को आइसियूमा, ३९० जनाको भेन्टिलेटरमा उपचार]
- गाउँ सहर संवाददाता
- ४ जेठ मंगलबार, २०७८ | १७:४५:०० मा प्रकाशित

काठमाडाैँ । कोरोनाभाइरसका कारण नेपालमा पछिल्लो २४ घण्टामा १९६ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ५ हजार ४११ पुगेको छ ।
यो मृत्यु नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर जाँचबाट २० हजार २८६ र एन्टिजेन विधिबाट ६९३ गरी २० हजार ९७९ को परीक्षण गर्दा ८ हजार २०३ नयाँ संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।
देशमा आजसम्म कुल २८ लाख १२ हजार ९५९ जनाको पिसिआर परीक्षण भइसकेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जना निको भएका छन् । मन्त्रालयका अनुसार निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ । निको हुनेको प्रतिशत ७४.६ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभरमा १ लाख १४ हजार ५२९ सक्रिय संक्रमित रहेका छन् । आज ७५२ जना क्वारेन्टाइनमा रहेको उसले बताएको छ ।
मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा १ हजार ५९० को आइसियूमा, ३९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । उसका अनुसार अहिले होम आइसोलेशनमा रहनेको संख्या १ लाख ७ हजार ८२ र संस्थागत आइसोलेशनमा रहनेको संख्या ७ हजार ४४७ छ ।
पछिल्लो समय कोरोना कहर बढ्दै जाँदा कोरोनाको चेन ब्रेक गर्न धेरै स्थानहरुमा निषेधाज्ञा जारी गरिएको छ ।
पछिल्लो २४ घण्टाको तथ्याँकले पनि २० वर्षदेखि २९, ३० देखि ३९ वर्ष, ४० देखि ४९ र ५० देखि ५९ वर्ष समूहमा सबैभन्दा बढी संक्रमण देखिएको छ ।
*(मृत्यु) नेपाली सेनाद्वारा विभिन्न मितिमा शव व्यवस्थापन गरेका समेत् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस