स्वास्थ्य

प्रताडित देशहरूमा काेराेना कहर स्वाट्टै घट्दै जाँदा नेपाल र भारतमा संक्रमण र मृतककाे संख्यामा किन बढी ?

काठमाडाैँ । काेराेनाभाइरसकाे सुरूवातमै  अधिक दुःख पाएका देशहरूमा आज सन्ताेषकाे श्वास फेर्न थालिएकाे छ । अब्बल राेकथाम, नियन्त्रण, सुरक्षा उपकरकाे चुस्तता र राहतमुखी कार्यक्रममा उनीहरूले जाेड दिएकाे कारण नै उनीहरूकाे जन र धनकाे क्षति न्यून हुन थालेकाे छ । चीनबाटै सुरू भएकाे भाइरस, उसले अगाडि नै नियन्त्रणमा ल्यायाे भने सबैभन्दा बढि कहरले दुःख पाएकाे राष्ट्र अमेरिकामा पनि संक्रमण र मृतककाे दर अहिले सानाे जनसँख्याकाे देशभन्दा कमकाे संख्या झरेकाे छ ।

काेराेनाका कारण जनसंख्याकाे हिसावमा भारत अहिले सबैभन्दा बढी मृत्यु भएकाे देश बनेकाे छ । संगै रहेकाे नेपालकाे अवस्थापनि दयनियै छ । संक्रमण नपुगेकाे समुदाय अब छैन, स्वास्थ्य उपकरण र असहजताका बाबजुद संघर्ष गरिरहनु परेकाे छ । राजनीतिक अस्थीरताकाे शिकारले नेपाली समाज गाज्दा याे महामारी नियन्त्रणभन्दा बाहिर गएकाे स्वास्थ्यविदले बताइरहेका छन् । अभाव र निषेधाज्ञाकाबीच नेपालीले काेराेनसँग भिड्नु परिरहेकाे छ ।

भर्खरैकाे तथ्यांक हेर्ने हाे भने विश्वमा काेराेनाका संक्रमितकाे संख्या १६ कराेड ३१ लाख ४३ हजार ७६४ पुग्दा स्वास्थ्य लाभ गर्नेकाे संख्या १४ कराेड १४ लाख ४० हजार ९३२ पुगेकाे छ । जसमा ३३ लाख ८२ हजार ४९१ जनाले भने ज्यान गुमाउनु परेकाे छ । विश्वमा अहिले भाइरसकाे सक्रिय संक्रमण १ कराेड ८३ लाख २० हजार ३४१ मा छ । ९४.४% काे अवस्था मध्यम छ भने ०.६% काे अवस्था अर्थात् १ लाख ३ हजार २२१ काे अवस्था चिन्ताजनक रहेकाे छ । काेराेनाबाट स्वास्थ्य लाभ गर्नेकाे प्रतिशत ९८ छ भने अहिलेसम्म २% काे मृत्यु भएकाे छ । 

काेराेना ग्राफले पछिल्ला दश खराब राष्ट्रहरू भनिएपनि उनीहरूकाे अवस्थामा सुधार देखिएकाे छ तर भारत र ब्राजिल लगायत अन्य विकासाेन्मुख राष्ट्रहरूमा महामारीकाे दाेस्राे लहरले हालत पतला बनाएकाे छ । अघिल्लाे दिनमा मात्रै भारतमा ४ हजार २५ र ब्राजिलमा १९ सय ३० काे भाइरसका कारण ज्यान गयाे । त्यहाँ अहिले ४ डिजीटमा मृत्यु भइरहेकाे छ । नेपालमा पनि १८७* जनाकाे मृत्यु भएकाे थियाे । याे तीन डिजीटमा उक्लिसकेकाे छ । यसले काेराेना नियन्त्रणमा चुकेका राष्ट्रहरूमा याे संकट चुलिएकाे संकेत गर्दछ । जनसंख्याकाे हिसावले पनि नेपालकाे संक्रमण र मृतककाे अवस्थाले राम्राे संकेत नगरेकाे स्वास्थ्य अधिकारीहरूले नै स्वीकार गरिसकेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत