राजनीति

माधव नेपालपक्षकाे राजीनामा टरेपछि ओलीकाे पल्ला भारी

काठमाडौं । एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षका सांसदको राजीनामा टरेको बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीसँग झण्डै चार घण्टा छलफल गरेपछि नेता माधवकुमार नेपालले राजीनामाको कुरा केही दिनलाई टरेको बताएका हुन् । 

अध्यक्ष ओलीसँग फागुन २८ गतेको निर्णय फिर्ता र पार्टी कमिटी २०७५ जेठ २ को स्थितिमा फर्किने विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दै जाने सहमति भएको नेता नेपालले बताए । उनले भने ‘आज सांसदहरुको राजीनामा दिने कुरा दुई चार दिनलाई टर्‍यो ।’

२०७५ जेठ २ गतेको अवस्थामा फर्कने गरी कार्यदल बनाएर विवाद समाधान गर्ने सहमति भएको नेता नेपालले जानकारी दिए । 

उनका अनुसार अब एमाले विवाद समाधानतर्फ अघि बढेको छ । ओली र नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत