लगानीकर्ता सुस्ताउँदा पनि एक दर्जन कम्पनीमा सर्किट, पाँच अर्बमाथि काराेबार
- गाउँ सहर संवाददाता
- २९ बैशाख बुधबार, २०७८ | १६:०८:०० मा प्रकाशित

काठमाडौं । उतार चढावका बीच बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएकाे छ । नेप्से परिसूचक ०.५६ अंकले बढेर २६७३.८८ अंकमा पुगेको छ ।
यो दिनको कारोबारमा १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ता सेयर ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८०१ रुपैयाँमा कारोबार भएको छ । यो दिन १०६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै १२ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
बुधबार नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, आँखुखोला जलविद्युत, बोटलर्स नेपाल (तराई), विशाल बजार कम्पनी, रूरू जलविद्युत परियोजना, समता घरेलु लघुवित्त, युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, दिव्यश्वरी हाइड्रोपावर, युनिलिभर नेपाल र जोशी हाइड्रोपावरको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ ।
यसदिन एभरेष्ट इन्स्योरेन्सकाे संस्थापक शेयर, साल्ट्र ट्रेडिङ्ग कर्पोरेशन, सानिमा जनरल इन्स्योरेन्स, सूर्योदय लघुवित्त, एसबिएल डिबेञ्चर २०८२, किसान लघुवित्त, सर्पोट लघुवित्त, लुम्बिनी जनरल इन्स्योरेन्स, विजय लघुवित्त र जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य घटेको छ ।
कारोबार रकमका हिसाबले नेपाल पुनर्बीमा कम्पनी, एचआइडीसीएल, अपि हाइड्रोपावर अगाडि छन् ।
बढ्दो कोरोना संक्रमण र अर्कोतिर राजनैतिक अन्योलताले लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिएका हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस