स्वास्थ्य

बाँकेमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

बाँके । बाँकेमा विभिन्न जिल्लाका गरी थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मंगलबार गएराति देखि बुधबार बिहान १० बजेको अवधिमा भेरी अस्पतालमा ६ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ५ जना गरि थप ११ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

गाउँ सहर संवाददाता