गाउँ सहर

काेराेना संक्रमणबाट रामेछाप निवासी दाजुभाईकाे एकैदिन मृत्यु

काठमाडौं । काेराेना संक्रमितबाट रामेछपाका एकै परिवारका दुई दाजुभाईकाे मृत्यु भएकाे छ । 

रामेछाप दोरम्बा गाउँपालिका–२ दोरम्बा निवासी ५८ वर्षिय गोपिलाल तामाङ र उनका कान्छो भाई ४७ बर्षिय सविलाल तामाङको निधन भएको वडाध्यक्ष खड्क बहादुरले जानकारी दिए ।

दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष श्रेष्ठले शाेक विज्ञप्ती जारी गर्दै वडाका दुई जनाको कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षणबाट मृत्यु भएको जानकारी दिएका हुन् ।

शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा उनीहरूकाे निधन भएकाे उनले शाेक विज्ञप्तीमा उल्लेख गरेका छन् ।

गाउँ सहर संवाददाता