कोरोना कहरका कारण विवेकशील साझाको महाधिवेशन स्थगित
- गाउँ सहर संवाददाता
- २६ बैशाख आइतबार, २०७८ | १५:४०:०० मा प्रकाशित
काठमाडाैँ । आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित गरिएको छ।
तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबिच गत वर्ष मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो।
तर मुलुकमा कोरोना भाइरस सङ्क्रमणको तीव्र फैलावटले अत्यन्तै प्रतिकूल अवस्था सिर्जना गरेको र ठुलो सङ्ख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले हिजो वैशाख २५ गते शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन जेठमा गर्न नसकिने निर्णय गरेको प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ।
परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को तिथि तय गरिने पनि बैठकले निर्णय गरेको प्रवक्ता पाठकले बताए।
उनका अनुसार, उक्त बैठकले कोरोना कहरले सिर्जना गरेको यो परिस्थितिसँग जुध्न सरकारलाई सक्दो मद्दत गर्ने निर्णय समेत गरेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस