काेराेनाबाट विश्वभर हालसम्म १३ कराेड ४० लाख जना संक्रमणमुक्त, फैलनेदर भारतमा उच्च
- गाउँ सहर संवाददाता
- २४ बैशाख शुक्रबार, २०७८ | ०७:३३:०० मा प्रकाशित
काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ९३ लाख ६८ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १३ करोड ४० लाख ४० हजार जना भन्दा बढि छन् ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १५ करोड ६६ लाख ७७ हजार नाघेको छ भने मृतकको संख्या ३२ लाख ६९ हजार २२० जना पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ९ हजार ३४३ जनाको अवस्था गम्भीर छ ।
भारतमा पछिल्लाे २४ घण्टामा विश्वभरका सबैभन्दा धेरै काेराेना संक्रमित र मृत्यु भएका छन् । भारतमा थपिएकाे पछिल्ला संक्रमितहरूकाे संख्या विश्वभरमा थपिएकाे संख्याकाे आधा नजिक हाे । विश्वभर ८ लाख ४४ हजार थपिएकामध्ये भारतमा ४ लाख १४ हजार ९७४ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म २ कराेड १० लाख ७० हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । पछिल्लाे २४ घण्टामा ३ हजार ९ सय २० जनाकाे मृत्यु भएकाे छ । याेसँगै कुल मृत्यु हुनेकाे संख्या २ लाख ३४ हजार ७१ जना पुगेकाे छ ।
त्यसैगरि हालसम्म १ कराेड ७५ लाख ९७ हजार जना निको भएका छन् । सक्रिय केस ३६ लाख ५३ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ३३ लाख ६९ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ९४ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ६१ लाख ५ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६६ लाख ६९ हजार जनामा भाइरस सक्रिय छ ।
तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ५० लाख ९ हजार जना संक्रमितमध्ये १ कराेड ३५ लाख ९१ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ४ लाख १७ हजारभन्दा बढी छन् । हाल १० लाख जनामा काेराेना भाइरस सक्रिय छ ।
नेपालमा भाइरस संक्रमित ३ लाख ६८ हजार ५८० जना पुगेका छन् भने २ लाख ९२ हजार ४९० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ५२९ पुगेको छ भने ७२ हजार ५६१ जना उपचाररत छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस