काेराेनाबाट विश्वभर हालसम्म १३ कराेड ४० लाख जना संक्रमणमुक्त, फैलनेदर भारतमा उच्च
- गाउँ सहर संवाददाता
- २४ बैशाख शुक्रबार, २०७८ | ०७:३३:०० मा प्रकाशित

काठमाडौं । हाल विश्वभर (कोभिड-१९) कोरोनाभाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढिरहेको छ । विश्वभर हाल १ कराेड ९३ लाख ६८ हजार जनामा काेराेनाभाइरस सक्रिय छ ।संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या १३ करोड ४० लाख ४० हजार जना भन्दा बढि छन् ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १५ करोड ६६ लाख ७७ हजार नाघेको छ भने मृतकको संख्या ३२ लाख ६९ हजार २२० जना पुगेको छ ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार सक्रिय केशमध्ये एक लाख ९ हजार ३४३ जनाको अवस्था गम्भीर छ ।
भारतमा पछिल्लाे २४ घण्टामा विश्वभरका सबैभन्दा धेरै काेराेना संक्रमित र मृत्यु भएका छन् । भारतमा थपिएकाे पछिल्ला संक्रमितहरूकाे संख्या विश्वभरमा थपिएकाे संख्याकाे आधा नजिक हाे । विश्वभर ८ लाख ४४ हजार थपिएकामध्ये भारतमा ४ लाख १४ हजार ९७४ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा संक्रमित संख्या हालसम्म २ कराेड १० लाख ७० हजार जना सहित विश्वभर कोरोनाभाइरस धेरै संक्रमण हुने देशहरूको सूचीमा दाेस्राे नम्बरमा छ । पछिल्लाे २४ घण्टामा ३ हजार ९ सय २० जनाकाे मृत्यु भएकाे छ । याेसँगै कुल मृत्यु हुनेकाे संख्या २ लाख ३४ हजार ७१ जना पुगेकाे छ ।
त्यसैगरि हालसम्म १ कराेड ७५ लाख ९७ हजार जना निको भएका छन् । सक्रिय केस ३६ लाख ५३ हजार जना छन् जसमध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ ।
भाइरसका कारण अमेरिकामा हालसम्म विश्वमै सबैभन्दा बढिको मृत्यु भएको छ । अमेरिकामा ३ कराेड ३३ लाख ६९ हजार भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म ५ लाख ९४ हजार भन्दा बढि जनाले ज्यान गुमाइसकेका छन् भने ९ हजारको अवस्था गम्भीर छ । अहिलेसम्म २ कराेड ६१ लाख ५ हजार भन्दा बढि जना निको भइसकेका छन् भने ६६ लाख ६९ हजार जनामा भाइरस सक्रिय छ ।
तेस्राे स्थानमा रहेकाे ब्राजिलमा १ कराेड ५० लाख ९ हजार जना संक्रमितमध्ये १ कराेड ३५ लाख ९१ हजार निकाे भइसकेका छन् । मृत्यु हुने भने ४ लाख १७ हजारभन्दा बढी छन् । हाल १० लाख जनामा काेराेना भाइरस सक्रिय छ ।
नेपालमा भाइरस संक्रमित ३ लाख ६८ हजार ५८० जना पुगेका छन् भने २ लाख ९२ हजार ४९० जना निको भइसकेका छन् । अहिलेसम्म मृतकको संख्या ३ हजार ५२९ पुगेको छ भने ७२ हजार ५६१ जना उपचाररत छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस