राजनीति

शासक वर्गले कोरोना महामारीलाई सधैँ हल्का तरिकाले लिए - डा. लाेहनी

काठमाडाैँ । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लाेहनीले नेपालका शासकवर्गले कोरोना महामारीलाई सधैँ हल्का तरिकाले लिएकाे बताएका छन् । उनले फेसबुकमार्फत विचार प्रस्तुत गर्दै साे कुरा बताएका हुन् ।

उनले भनेका छन्ः

  1. नेपालका शासकवर्गले कोरोना महामारीलाई सधैँ हल्का तरिकाले लिएका हुन् । अब त सत्ताको अंकगणित सुरु भई सक्यो । जनताको समस्या झन् ओझेलमा पर्ने सम्भावना छ। तैपनि स्वास्थ मन्त्रालयले केहि सक्रियता देखाएको हो कि जस्तो छ तर मूल मेसिनमा नै खिया लागेको अवस्थामा सहायक मेसिनले कति गर्न सक्ला ?
  2. कोरोनासँगको लडाईंमा नेपाली सेना, प्रहरी, डाक्टर, नर्स र अन्य स्वस्थाकर्मीहरुको मेहनत र लगनशीलता प्रसंसनिय रहेको छ र वहाँहरु धन्यवादका पात्र हुनुहुन्छ । यो लडाईंमा अग्रपंक्तिमा रहेका सबैलाई भौतिक तथा आर्थिक प्रोत्शाहन उपलब्ध गराउन नेपाल सरकारले कुनै कन्जुस्याइँ नगरोस् ।
  3. यो लडाईं हामीले जित्नै पर्छ अब गाउँपालिका, नगरपालिका तहमा नयाँ सक्रियता जरुरी छ । कोरोना प्रभावित हरेक गाउँ र नगरपालिकामा खास मापदण्ड अनुरुप आईसोलेसन व्यवस्था बनाउनै पर्छ र यसको लागि केन्द्रले ५० प्रतिशत, प्रदेश ले ३० प्रतिशत र गाउँ र नगरपालिका ले २० प्रतिशत खर्च गर्ने गरि थानीय तहको अगुवाइमा अभियान सुरु गरियोस् । वार्ड प्रतिनिधिहरु जनप्रतिनिधि पनि हुन् र जनताको करबाट सुविधा र सहुलियत लिने पनि हुन् । उनीहरुको सक्रियता जनताले खोजेका छन् । आफ्नो वार्डमा कुन घरमा कोरोना छ र उनीहरुको अवस्था के छ भन्ने कुरोको सूचना राख्ने र हुन सक्ने सहयोग पुर्याउने काममा वार्ड प्रमुख र वार्ड सदस्यको चासो नहुने हो भने जनप्रतिनिधि को के अर्थ ?
  4. हामी जनताको तहमा कमसेकम मास्क लगाउँ । जनताको तहबाट कोरोनाविरुद्ध यो ठूलो सहयोग हो । विज्ञानले कोरोन नियन्त्रण गर्न मास्क धेरै प्रभावकारी हुन्छ भन्ने प्रमाणित गरिसकेको छ, यो यथार्थ हो ।
  5. सरकारले भाक्सिन उपलब्ध गराउने काममा अल्छि गरेको छ र अल्मलिएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत