गाउँ सहर

बागमती प्रदेशमा नेपाल र तामाङ भाषा बने ‘सरकारी कामकाजको भाषा’

काठमाडौं । बागमती प्रदेशमा नेपाल (नेवारी) र तामाङ भाषा सरकारी कामकाजको भाषा बनेका छन् ।

वसन्तपुरमा सोमबार आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुवै भाषालाई ‘प्रदेशको कामकाजको भाषा’ घोषणा गरे ।

यससँगै प्रदेशका सबै सरकारी निकाय र प्रदेश भित्रका स्थानीय तहले समेत नेपाल र तामाङ भाषामा समेत सेवा दिनु पर्नेछ । अब प्रदेशका सबै मन्त्रालयको नामको साइन बोर्ड नेपाली बाहेक तामाङ र नेपाल भाषामा लेखिएको हुनेछ । 

बागमती प्रदेश सरकारले बनाएको प्रदेश सरकारी कामकाजको भाषा ऐन- २०८० लागू भएको हो । २०८० कार्तिक २३ गते राजपत्रमा प्रकाशन भएको १८० दिनपछि सोमबार भाषा दिवस घोषणा गर्दै औपचारिक घोषणा भएको हो ।

गाउँ सहर संवाददाता

तपाईँको मत