एनआईसी एशिया बैंकद्वारा भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा छुट
- गाउँ सहर संवाददाता
- २५ बैशाख मंगलबार, २०८१ | ११:१२:०० मा प्रकाशित
काठमाडाैं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उद्देश्यले २०८० चैत्र मसान्तसम्ममा भाखा नाघेका ऋणिहरुलाई साधारण ब्याज रकममा छुट दिने घोषणा गरेको छ ।
बैंकले केही मापदण्डहरु तोक्दै भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणिले सम्पूर्ण कर्जा रकम २०८१ जेष्ठ महिनाभित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा सतप्रतिशत छुट र साधारण बक्यौता ब्याज रकममा समेत छुट हुने जनाएको छ ।
९१ दिनदेखि १८० दिनसम्म भाखा नाघेको ऋणको साधारण ब्याज रकममा १५ प्रतिशत छुट दिइने बैंकले जनाएको छ । यसैगरी, १८१ दिनदेखि ३६५ दिन भाखा नाघेको हकमा साधारण ब्याज रकममा २५ प्रतिशत, ३६५ दिनभन्दा बढी भाखा नाघेको हकमा ३५ प्रतिशत साधारण ब्याज रकममा छुट दिइने घोषणा गरेको हो ।
मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा परेका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिनसक्ने बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।
‘यस असाधारण समयमा राष्ट्रिय अर्थतन्त्रको बृहत्तर हितको निमित्त सबै सरोकारवालाहरूले आ–आफ्नो हिसाबले योगदान पु¥याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्न यस बैंकले ऋणिहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो ।’ प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा पर्नुभएका ग्राहक महानुभावहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
प्रतिकृया दिनुहोस