काेराेनाकाे डढेलाे : अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिँदा युवा र बालबालिका बढि जाेखिममा
- गाउँ सहर संवाददाता
- १८ बैशाख शनिबार, २०७८ | १६:४८:०० मा प्रकाशित
काठमाडौं । भारतमा काेराेना संक्रमण र मृत्युकाे दृष्य हेरिरँदा नेपालमा पनि त्यसकाे डढेलाे सल्किएकाे छ ।
शनिबार नेपालमा कोरोनाभाइरसका ५,७६३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ९६९ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ती संक्रमित भेटिएका हुन् ।
थप १९ जनाको मृत्यु भएको छ । १२८७ जना निको भएका छन् । ४३ हजार २१३ सक्रिय संक्रमित संख्या पुगेको छ ।
यसअघि गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा देशभरकाे काेराेना रिपाेर्ट अनुसार युवाहरूमा सबैभन्दा धेरै संक्रमण भएकाे छ । त्यसैगरि बालबालिकामा पनि उस्तै देखिएकाे छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका १४४१ जना संक्रमित भएका छन् भने त्यसपछि २० देखि २९ वर्ष उमेर समूहका १३४६ जना संक्रमित भएका छन् ।
काेराेना पुष्टि भएकामध्ये ० देखि ९ वर्ष उमेर समूहका १०३ र १० देखि १९ वर्ष उमेर समूहका भने ३३५ जना बालबालिका कोरोना संक्रमित भएका छन् ।

९० देखि १०० वर्ष उमेर समूहमा ८ जना संक्रमित भएकाे मन्त्रालयले जनाएकाे छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै २४९५ जना संक्रमित थपिएका छन्। काठमाडौँमा १९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस