काेराेनाकाे डढेलाे : अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिँदा युवा र बालबालिका बढि जाेखिममा
- गाउँ सहर संवाददाता
- १८ बैशाख शनिबार, २०७८ | १६:४८:०० मा प्रकाशित

काठमाडौं । भारतमा काेराेना संक्रमण र मृत्युकाे दृष्य हेरिरँदा नेपालमा पनि त्यसकाे डढेलाे सल्किएकाे छ ।
शनिबार नेपालमा कोरोनाभाइरसका ५,७६३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ९६९ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ती संक्रमित भेटिएका हुन् ।
थप १९ जनाको मृत्यु भएको छ । १२८७ जना निको भएका छन् । ४३ हजार २१३ सक्रिय संक्रमित संख्या पुगेको छ ।
यसअघि गत कार्तिक ५ गते ५,७४३ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा देशभरकाे काेराेना रिपाेर्ट अनुसार युवाहरूमा सबैभन्दा धेरै संक्रमण भएकाे छ । त्यसैगरि बालबालिकामा पनि उस्तै देखिएकाे छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका १४४१ जना संक्रमित भएका छन् भने त्यसपछि २० देखि २९ वर्ष उमेर समूहका १३४६ जना संक्रमित भएका छन् ।
काेराेना पुष्टि भएकामध्ये ० देखि ९ वर्ष उमेर समूहका १०३ र १० देखि १९ वर्ष उमेर समूहका भने ३३५ जना बालबालिका कोरोना संक्रमित भएका छन् ।
९० देखि १०० वर्ष उमेर समूहमा ८ जना संक्रमित भएकाे मन्त्रालयले जनाएकाे छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै २४९५ जना संक्रमित थपिएका छन्। काठमाडौँमा १९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस