‘काेही भाेकै पर्दैन, भाेकै काेही मर्दैन’ भन्ने संकल्प व्यवहारमा लागू भएकाे छ : प्रधानमन्त्री (भिडिओसहित)
- गाउँ सहर संवाददाता
- १८ बैशाख शनिबार, २०७८ | १५:२२:०० मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाेक भाेकै काेही मर्नु नपर्ने बताएका छन् ।
१३२ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अर्थात मे १ का अवसरमा आज एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले ‘काेही भाेकै पर्दैन, भाेकै काेही मर्दैन’ भन्ने संकल्प व्यवहारमा लागू भएकाे दाबी गरेका हुन् ।
त्यसैगरि ओलीले आगामी आर्थिक वर्ष २०७८/०७९ बाट श्रमिकको न्युनतम तलब १५ हजार पुर्याउने घोषणा पनि गरेका छन् ।
उनले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आगामी साउन १ गतेदेखि १५ हजार रुपैयाँ पुर्याउने घोषणा गरेका हुन् ।
निजी क्षेत्रका प्रतिनिधी र मजदुर संगठनका बीचमा समझदारी नभएपछि सरकारले एकल निर्णयद्वारा न्यूनतम पारिश्रमिक बढाउने घोषणा गर्नु परेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको पनि दाबी गरे । वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको उनका भनाई छ । देशभित्रैका मजदुरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगाएका व्यवस्था गरिएको पनि प्रधानमन्त्री ओलीले दाबी गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस