प्रविधि

कोरोनाले अनलाइन गतिविधि बढायो, तर होशियार ! पेमेन्टको समयमा यी कुरा ख्याल गर्नुहोस्

काठमाडौँ । कोरोना कहरले हामीलाई प्रविधिको प्रयोगमा जोड दियो, अपरिहार्य बनाइदियो । सबैकुरामा अहिले हामी दुरी पालना गर्नुपरेकाे छ र गर्नैपर्छ भनेर अनलाइनबाट निर्भर हुन पुगेका छौँ ।

सामानको किनमेल देखि लिएर पैसाको कारोबार, रिचार्ज आदिजस्ता कुराहरुको पेमेन्ट गेटवे हामीले यहि माध्यमबाट तिरिरहेका छौँ । यो बाध्यता बनेको छ । त्यसैले नचाहेरैपनि यो सेवामा जानुको विकल्प अहिलेको अवस्थामा हामीसँग छैन ।

अनलाइन गेटवेले जीवन सहज पक्कै बनाएको छ । तर पेमेन्टको दौरानमा धेरै सावधानी र होशियार हुनुपर्ने देखिएको छ ।

रकम भुक्तानीको समयमा थोरै गाह्रो अवस्था चाहिँ छ । अनलाइन पेमेन्टमा धेरै गुनासोहरु आएका छन् । सबैठाउँ सेवा नहुनु, पैसै चाहिन्छ भन्नु र गर्नु, पेमेन्ट हुँदैन तर रकम काटिएको समस्या, इरर आउनेजस्ता समस्या आएमा तपाईंले सतर्क रहनुपर्छ । जस्तो अनलाइन रिचार्ज गर्दा, पब्लिक कम्प्युटरबाट पेमेन्ट गर्दा, अनलाइन किनेल गर्दा, अनलाइन पेमेन्ट गर्दा समस्या आउने गर्दछन् ।

यसको लागि सुरक्षित तरिकाले प्रमाण राख्न नविर्सनुहोला । स्क्रीनसट गरेर सेभ गर्दा तपाईंको रकम हराउन सक्दैन । पछि कम्प्लेन गर्नपनि यसको अवाश्यकता हुने गर्दछ । यो कारोबार गरेको बेला जताततैको इन्टरनेट प्रयोग नगरेकै राम्रो । गर्नै परेपनि जुन डिभाइसबाट लगइन गरेको हो त्यो लगआउट गर्न विर्सनु हुँदैन । अर्थात साइनआउट गर्न भुल्नु हुँदैन । यसले थोरै सुरक्षित बनाउँछ ।

केहि समस्या देखिए तुरुन्त आफूले कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा सम्पर्क राखिहाल्नु पर्छ । फोन लागेन भने इमेल, मेसेन्जर, भाइबर, वाट्सएपजस्ता बाट तुरुन्त जानकारी गराउनु पर्दछ । यसाे गर्दा हामी थप सुरक्षित हुन सक्छाैँ ।

गाउँ सहर संवाददाता