रुपन्देहीमा एकैदिन ६ जना कोरोना सङ्क्रमितकाे मृत्यु
- गाउँ सहर संवाददाता
- ७ बैशाख मंगलबार, २०७८ | ०८:३१:०० मा प्रकाशित
रुपन्देही । कोरोना सङ्क्रमणको कारण रुपन्देहीमा सोमबार एकैदिन ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार भैरहवास्थित युसिएमस कोभिड अस्पताल युनिटमा ४ जना र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा २ उपचारत सङ्क्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा २ महिला र एक पुरुष रुपन्देही जिल्लाको र ३ जना जिल्ला बाहिरका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा बुटवल उपमहानगर ८ की ६५ वर्षीय महिला र बुटवल १३ की ७९ वर्षीय महिलाको मृत्यु भएको छ । त्यसैगरी रानीगंज मोतिपुर रुपन्देहीका ३८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
उता जिल्ला बाहिरको मृत्यु हुनेमा महरागंज ९ कपिलवस्तुका ५२ वर्षीय पुरुष, झिमरुक प्युठानका ५८ वर्षीय पुरुष र स्वर्गद्वारी प्युठानका ४८ वर्षीय पुरुष रहेका छन् ।
दोस्रो लहर अन्तर्गत रुपन्देहीमा दिनहुँ संक्रमण बढ्दो छ । जिल्लामा रहेका दुई सरकारी कोभिड अस्पताल र १ निजी अस्पतालले कोभिडको उपचारका लागि छुट्टाइएको थियो । अहिले ती अस्पताल सबै भरिएको अवस्था छ । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीका अनुसार शहरी क्षेत्रमा संक्रमण दर निकै बढ्दो छ । शहरी क्षेत्रका भिडभाड हुने क्षेत्रबाट सङ्क्रमितको सङ्ख्या बढी देखिएकाले र अस्पतालमा बिरामीको चाप बढेकाले सबैलाई सचेत रहन गिरीको आग्रह छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस