नाफा सुरक्षित गर्नेहरु हाबी भएपछि आज पनि ३७ अंकले घट्याे नेप्से
- गाउँ सहर संवाददाता
- ६ बैशाख सोमबार, २०७८ | १७:२०:०० मा प्रकाशित

काठमाडाैं । आइतबार ओरालो लागेको शेयरबजार दाेस्राे दिनपनि निरन्तर निरन्तर ओरालो लागेको छ ।
साेमबार नेप्से ३७.५८ अंकले झरेर २६६१.९३ विन्दुमा आइपुगेकाे छ ।
यस दिन कारोबारमा आएका २१३ कम्पनीका १ करोड ४२ लाख ७६८ कित्ता शेयर किनबेच भएर ६ अर्ब ७६ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार नेप्से सूचकसंगै कारोबार रकम पनि घटेको छ । आइतबारको तुलनामा कारोबार रकम २ अर्ब ३ करोड ५० लाख रुपैयाँले घटेको हो । आइतबार ८ अर्ब ८० करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
यसदिन ज्योति लाइफ इन्स्योरेन्स र महिला लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
चन्द्रगिरी हिल्सको शेयरमूल्य भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस्तै सप्तकोशी डेभलपमेन्ट बैंक,आईएमई जनरल रिडी हाइड्रोपावर लगायतको शेयरमूल्य ओरालो लागेका छन् ।
कारोबार रकमका आधारमा यस दिन नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ । यस दिन कोषको २८ करोड ३४ लाख ४७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
बजार ऐतिहासिक उचाईमा पुगेपछि नाफा सुरक्षित गर्नेहरु हाबी भएपछि बजार घट्न थालेका लगानीकर्ताहरूकाे भनाइ छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस