नेपालमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, ४ जनाको मृत्यु, स्कुल अझै बन्द भएनन्, यातायातमा जोरबिजोर छैन
- गाउँ सहर संवाददाता
- ३ बैशाख शुक्रबार, २०७८ | १७:०४:०० मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ३ हजार ७० पुगेको छ ।
नयाँ संक्रमित ८३६ र ६४ गरी ९०० (पिसिआर र एन्टिजेन विधिबाट) जना थपिएका छन् । थपिएकासहित कुल संक्रमितको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्वास्थ्य लाभ गर्नेको संख्या २०८ छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ ।
मन्त्रालयका अनुसार आजसम्म २३ लाख ३५ हजार ८४ जनाको पिसिआर टेस्ट भएको छ । अहिले देशभरका आइसोलेशनमा ५ हजार ८ र क्वारेन्टाइनमा रहनेको संख्या ७७ छ ।
छिमेक राष्ट्रहरुमा संक्रमण बढेसँगै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । सीमा नाकामा कडाईसँगै चेकजाँच समेत बढाइएको छ । पछिल्लो समय देशमा संक्रमितको दर बढ्दो छ ।
यति हुँदापनि विद्यालय र यातायात बारे सरकारले बन्द र जोरबिजोर गर्ने कुनै निर्णय गरेको छैन ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस