राजनीति

अविश्वास प्रस्ताव दर्ता हुने भएपछि मध्यरातमै गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य

पोखरा । गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनुअघि नै अधिवेशन अन्त्य गरिएको हो ।

सरकारको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मध्यरातिबाटै अधिवेशन अन्त्य गरेका हुन् । अधिवेशन अन्त्यसम्बन्धी पत्र बिहीबार बिहान प्रदेशसभामा पुगेको छ ।

मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, माओवादी, जसपा र राजमोले अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका थिए ।

अधिवेशन अन्त्यको पत्र प्रदेश प्रमुखको कार्यालयमा बिहानै दर्ता भएको छ । बिहान साढे १० बजे नै दर्ता भएको बताइएको छ । संविधानको धारा १८३ बमोजिम संसद् अन्त्य गरिएको जानकारी गराइएको छ ।

गाउँ सहर संवाददाता