यस वर्षकाे शेयरबजार ऐतिहासिक रेकर्डसहित बिदाई
- गाउँ सहर संवाददाता
- ३१ चैत मंगलबार, २०७७ | १५:४६:०० मा प्रकाशित

काठमाडाैं । यस वर्षको अन्तिम काराेबार दिन आज (मंगलबार) सेयर बजारले मापक नेप्सेले नयाँ इतिहास रचेको छ । सेयर बजारले वर्ष २०७७ लाई उत्साहपूर्ण तरिकाले बिदाइ गरेको छ । यसदिन नेप्से २३.२३ अंकले बढेर २७१४.७९ बिन्दुमा पुगेको छ ।
कोरोना महामारीका कारण लामो समय लकडाउनबाट गुग्रिएको मुलुकमा सेयर बजारले भने नयाँ इतिहास रेकर्ड कायम गर्दै २७ सयको बिन्दु पार गरेकाे छ । यो नेप्सेले कायम गरेको अहिलेसम्मकै उच्च विन्दु हो ।
मंगलबार २०९ वटा कम्पनीकाे १ करोड ४६ लाख ९१ हजार ६४३ कित्ता शेयर ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँमा खरिदबिक्री भएको छ । शेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक सूचक कुल बजार पूँजीकरण ३७ खर्ब ५८ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ कायम भएको छ ।
आजको दिन सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा एनआइसी एशिया लघुवित्त, माउन्टेन इनर्जी, ज्योति लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक र छ्याङदी हाइड्रोपावर कम्पनी छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा लक्ष्मी लघुवित्त, ग्लोवल आइएमई लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, इन्फिनिटी लघुवित्त र श्री इन्भेष्टमेन्ट फाइनान्स छन् ।
मंगलबार नबिल बैंकको सबैभन्दा धेरै २८ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
दिन १०६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी १४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस