कोभिड–१९ को संक्रमण बढ्दै गएपनि सरकार चिन्ता मात्र गर्छ निर्णय गर्न सक्दैन
- गाउँ सहर संवाददाता
- ३१ चैत मंगलबार, २०७७ | १४:३५:०० मा प्रकाशित
.jpeg)
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला दिनमा काेराेना संक्रमित र मृत्यु हुनेहरूकाे वृद्धि हुन थालेपछि जनस्वास्थ्य मापदण्डको कडाईका साथ पालना गर्ने विषयमा छलफल चलाएकाे छ ।
साेही कुरालाई मध्येनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका ठूला शहरका शिक्षण संस्थाहरु एक महिना बन्द गरेर अनलाइन कक्षामार्फत पठनपाठन सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको छ ।
मंगलबार मन्त्रालयमा पत्रकारहरूसँगको कुराकानीका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले अहिलेको दरमा कोभिड–१९ को संक्रमण बढ्दै गए आगामी असारसम्म संक्रमितको संख्या ६ लाखसम्म पुग्नसक्ने बताएको छ ।
कोरोनाभाइरसको दोस्रो लहरले डरलाग्दो अवस्था निम्त्याउँदै गरेको भन्दै अहिलेसम्म जतिपनि भ्याक्सिन बनेका छन् १८ वर्षमाथिका लागि मात्रै बनेको छ, बालबालिकालाई जोगाउन चुनौती थपिएको बताएका छन् ।
त्यसैले मन्त्री त्रिपाठीले उनीहरुलाई संक्रमणबाट जोगाउँदै जनजीवनलाई पनि सामान्य बनाउन सबै पक्षले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा उनले जोड दिए ।
मन्त्री त्रिपाठीले भारतबाट आउने नाकाहरूमा होल्डिङ सेन्टर र क्वारेन्टिन स्थलहरू थप गर्न लागिएको पनि जानकारी दिए ।
यस्तै सबै अस्पताललाई तयारी अवस्थामा राख्न अहिले उपकरण र सुरक्षा सामग्रीको रेकर्ड संकलन गर्ने काम भइरहेको पनि उनले बताए । मन्त्री त्रिपाठीले स्वास्थ्य सुरक्षा सामग्री अपुग भएका अस्पतालहरूमा सुरक्षा कवच, औषधिलगायतका सामग्री छिट्टै थप गरिने बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस