गाउँ सहर
एक सातापछि आज सरकारी कार्यालय खुल्दै, शिक्षण संस्था पनि सञ्चालनमा
- गाउँ सहर संवाददाता
- १४ कार्तिक सोमबार, २०७९ | ०७:५५:०० मा प्रकाशित

काठमाडाैं । एक हप्ताको लगातार बिदापछि आजदेखि सरकारी कार्यालय खुल्दैछन् । अघिल्लो सोमवार अर्थात कात्तिक ७ गते लक्ष्मीपूजाको दिनदेखि सुरु भएको सार्वजनिक बिदा हिजोसम्म कायम थियो ।
सोमवारदेखि शुक्रवारसम्म पाँच दिन तिहारको बिदा भयो । त्यसपछि अस्ति शनिवार र हिजो छठ पर्वको बिदा थियो । मधेस प्रदेशमा भने आज पनि छठको सार्वजनिक बिदा दिइएको छ । मधेस प्रदेशबाहेकका अरु ठाउँमा भने आजदेखि सरकारी कार्यालय खुल्न लागेका हुन् ।
यस्तै दशैँदेखि बिदा भएका शिक्षण संस्था पनि आजदेखि खुलेका छन् । दशैँ तिहारको बीचमा केही शिक्षण संस्था खुले पनि धेरै खुलेका थिएनन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस