नयाँ वर्षमा नेपाल टेलिकमकाे स्प्रिङ अफर
- गाउँ सहर संवाददाता
- ३० चैत सोमबार, २०७७ | १७:०५:०० मा प्रकाशित

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न प्याकेज सहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गतका सेवाहरु चैत ३१ गतेदेखि ९० दिनसम्म उपयोग गर्न सकिनेछ । यसअघि उपलब्ध विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर उपलब्ध गराएको हो ।
नयाँ वर्षको अवसरमा कम्पनीका मोबाइल ग्राहकका लागि प्रतिदिन ५ सय एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १४ जीबी डाटाको अफर जम्मा २ सय ९९ मा उपलब्ध गराएको छ ।
स्प्रिङ अफर अन्तर्गत नै ग्राहकहरुको सुविधालाई ध्यानमा राखी जम्मा १ सय २५ मा सबै नेटवर्कमा १ जीबी र फोरजी नेटवर्कमा थप ३ जीबी गरी जम्मा ४ जीबी डाटा अफर ल्याएको छ । ५ दिन प्रयोग गर्न सकिने यस अफरमा १०० मिनेट कुराकानी समेत गर्न सकिन्छ । यो अफर पनि २४ सै घण्टा प्रयोग गर्न सकिन्छ ।
साथै, २ घण्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी ३० को अर्को अफर पनि थप गरेको छ । यो अफर २४ सै घण्टा कुनैपनि समयमा उपयोग गर्न सकिन्छ ।
नयाँ वर्षको अवसरमा कम्पनीका जिएसएम मोबाइल ग्राहकहरूका लागि जम्मा २ सय ८० मा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा प्याक अफर ल्याएको छ । यो प्याक अन्तर्गत लिइएको ३ जीबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।
यसैगरी टेलिकमले डाटा प्याक अन्तर्गत नै जम्मा ९५ मा १।५ जीबी डाटा प्रयोग गर्न सकिने अफर पनि उपलब्ध गराएको छ । यो प्याक ७ दिनसम्म २४सै घण्टा प्रयोग गर्न सकिन्छ ।
सिडीएमए मोबाइल र वाइ म्याक्स सेवाका ग्राहकहरू कम्पनीकै अन्य सेवामा रुपान्तरण हुने क्रम जारी रहेकोले ती सेवाका ग्राहकहरुका लागि विन्टर अफरका रुपमा उपलब्ध विभिन्न अफर र सुविधाहरु मध्ये सीमित अफरहरूलाई मात्र निरन्तरता दिएको टेलिकमले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस