एमपोस मार्फत रिचार्ज गर्दा नेपाल टेलिकमका ग्राहकलाई ८ जीबीसम्म डेटा बोनस
- गाउँ सहर संवाददाता
- १९ मङ्सिर बुधबार, २०८१ | १५:४९:०० मा प्रकाशित

काठमाडौं । नेपाल टेलिकमले मोबाइल प्वाइन्ट अफ सेल (एमपोस) मार्फत गरिने रिचार्जमा विशेष बोनस योजना सार्वजनिक गरेको छ । मङ्गलबारदेखि १७ पुससम्म लागू हुने यस योजनाअन्तर्गत ग्राहकले रिचार्ज रकमअनुसार विभिन्न आकर्षक बोनस पाउने कम्पनीले जनाएको छ ।
रु. ५० देखि ९९ रुपैयाँसम्म रिचार्ज गर्दा तीन दिनसम्मको लागि २० मिनेट अन-नेट भ्वाइस बोनस पाइनेछ । त्यस्तै, रु. १०० देखि १९९ रुपैयाँसम्म रिचार्ज गर्दा तीन दिनसम्मको लागि ५० मिनेट अन-नेट भ्वाइस बोनस उपलब्ध हुनेछ ।
यस्तै, रु. २०० देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकरूले दुई दिनसम्म प्रतिदिन १ जीबीका दरले २ जीबी डाटा प्राप्त गर्नेछन् । रु. ५०० वा सोभन्दा बढी रिचार्ज गर्ने ग्राहकले चार दिनसम्म प्रतिदिन २ जीबीका दरले ८ जीबी डाटा बोनसका रूपमा पाउनेछन् ।
नेपाल टेलिकमले आफ्ना ग्राहकलाई डिजिटल माध्यमको प्रयोगमार्फत रिचार्ज गर्न प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याएको हो । स्टेसनरी पसल, किराना पसल, पत्रिका पसल लगायतबाट एमपोस सेवा लिन सकिन्छ ।
त्यसैगरी, ब्यालेन्स सकिएको अवस्थामा प्रिपेड मोबाइल प्रयोगकर्ताहरूका लागि 'नमस्ते सापटी' सुविधा पनि उपलब्ध छ । यसका लागि ग्राहकले Start टाइप गरी १४७७ मा सन्देश पठाउने वा *1477# डायल गरी १ छनोट गरेर सापटी लिन सक्छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडिओ)
- गौतम बुद्धको ४० उपदेश जसले तपाइँलाई धेरै कुरा महसुस गराउँछ
- मुद्रास्फीति ३.३९ प्रतिशत, कोशी प्रदेशमा सबैभन्दा बढी महँगी
- काेशी प्रदेश प्रमुखले दिए बुद्धजयन्ती तथा किरातहरुको महान चाड उभौली, साकेलाको शुभकामना
- ‘बुद्धं शरणं गच्छामि’, ‘धम्मं शरणं गच्छामि’
- सामुदायिक विद्यालयमा घट्दाे विद्यार्थीबारे राष्ट्रियसभामा पाैडेल गराए ध्यानाकर्षण
- सेयर बजारमा गिरावट
- नीति तथा कार्यक्रम बहुमतले पारित
- यस्तो छ नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री ओलीको जवाफ (पूर्णपाठ)
- नीति तथा कार्यक्रम प्रतिनिधिसभामा निर्णयार्थ पेस हुँदै, संसदमा उठेका प्रश्नको प्रधानमन्त्रीकाे जवाफ
प्रतिकृया दिनुहोस