एसईई दिएका विद्यार्थीलाई टेलिकमको यस्ताे अफर तथा बोनस
- गाउँ सहर संवाददाता
- १३ चैत बुधबार, २०८१ | २१:५६:०० मा प्रकाशित

काठमाडौं । नेपाल टेलिकमले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी परीक्षार्थीहरूका लागि ‘एसईई अफर २०८१’ घोषणा गरेको छ । यसअन्तर्गत रु. २० मै सिमकार्ड पाइने छ भने उक्त सिममा ‘बोनस अन रिचार्ज’ पनि उपलब्ध हुनेछ ।
एसईई अफर तथा बोनस अन रिचार्ज आगामी चैत १५ देखि २०८२ असार ३० सम्म सञ्चालन हुनेछ ।
टेलिकमका देशभरका कार्यालयमा उपलब्ध हुने यस्तो सिमकार्ड सक्रिय गरेपछि ३० दिनसम्म विभिन्न अफरहरू उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलेदेखि एनटीसी मोबाइल नम्बर प्रयोग गर्ने विद्यार्थीले पनि आफ्नो सिमकार्डमा यी अफरको लाभ लिनसक्ने छन् ।
नयाँ सिम प्राप्त गरेका विद्यार्थीले सिमकार्डमा मेन ब्यालेन्सको रूपमा उपलब्ध हुने रु. ९.८० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डेटा चलाउन सक्नेछन् । यसका अतिरिक्त, ३० दिनसम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र २० मिनेट अन-नेट भ्वाइस कल, १० ओटा अन-नेट एसएमएस र ५०० एमबी डेटासमेत पाउनेछन् ।
यी सबै सुविधा प्रत्येक दिन प्राप्त हुने रिसोर्सको रूपमा मात्र सोही दिनका लागि कायम रहने कम्पनीले उल्लेख गरेको छ । नयाँ सिम प्राप्त गर्न परीक्षार्थीहरूले एसईईको प्रवेश पत्र (एडमिट कार्ड) वा कक्षा १० को मार्कशिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ ।
साथै, सिमकार्ड सक्रिय गर्नका लागि स्वयंले *१४१४# डायल गर्नुपर्नेछ । यसपछि अफर प्राप्त ग *१६००# डायल गरी निर्देशनहरू पालन गर्नुपर्नेछ ।
-
*१६००# डायल गर्दा प्राप्त निर्देशन अनुसार एसईई सिम्बोल नम्बर टाइप गरी सेन्ड गर्ने
-
जन्ममति टाइप गरी सेन्ड गर्ने । (DOB टाइप गर्दा YYYYMMDD (BS) फर्म्याटमा टाइप गर्नुपर्नेछ । eg: 20610101)
यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डेटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल गर्न र ५० ओटा अन-नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गर्नुपर्ने छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
प्रतिकृया दिनुहोस