कोरोनाभाइरसका ८९ बिरामी आइसियूमा, १५ जनाको भेन्टिलेटरमा उपचार हुँदै, २०३ नयाँ थपिए, १४१ निको
- गाउँ सहर संवाददाता
- २९ चैत आइतबार, २०७७ | १६:३८:०० मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका नयाँ संक्रमित ३०३ जना थपिएका छन् । थपिएकासहित कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको छ ।
कोरोनाबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या एक रहेको छ । अहिलेसम्म कुल मृतकको संख्या ३ हजार ४० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा स्वास्थ्य लाभ गर्नेको संख्या १४१ छ । योसहित कुल स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७४ हजार २७ पुगेको छ ।
मन्त्रालयका अनुसार आजसम्म २३ लाख १२ हजार ९०१ जनाको पिसिआर टेस्ट भएको छ । अहिले देशभरका आइसोलेशनमा २ हजार ९६१ र क्वारेन्टाइनमा रहनेको संख्या ८३ छ ।
मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुमा ८९ जनाको आइसियू र १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
छिमेक राष्ट्रहरुमा संक्रमण बढेसँगै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ । सीमा नाकामा कडाईसँगै चेकजाँच समेत बढाइएको छ । पछिल्लो समय देशमा संक्रमितको दर बढ्दो छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस