आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज
- गाउँ सहर संवाददाता
- २६ चैत बिहीबार, २०७७ | १०:१८:०० मा प्रकाशित

पोखरा । पोखरामा जारी १९ औँ संस्करणको आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ ।
पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लब र अफ्रिकन रुट एसोसियसनबीच दिउँसो २:३० बजे प्रतिस्पर्धा हुनेछ ।
आहा राराकै सर्वाधिक सफल टिम पुलिसले क्वाटरफाइनलमा थ्री स्टारविरुद्ध ४-० को जित निकालेको थियो ।
यस्तै पहिलो पटक खेलिरहेको अफ्रिकनले मछिन्द्र क्लबलाई २-१ ले स्तब्ध बनाएको थियो ।
यस खेलको विजेताले उपाधिका लागि संकटा क्लबसँग खेल्नेछ ।
संकटा क्लब एपीएफलाई हराएर फाइनल पुगिसकेको छ ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
प्रतिकृया दिनुहोस