पत्रकार महासंघ रामेछापमा अध्यक्ष बद्रीप्रसाद घिमिरेसहितकाे प्यानल विजयी
- गाउँ सहर संवाददाता
- २६ चैत बिहीबार, २०७७ | ०९:११:०० मा प्रकाशित

रामेछाप । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनबाट रामेछाप अध्यक्षमा बद्रीप्रसाद घिमिरे 'नयाँघरे' सहितकाे प्यानल निर्वाचित भएकाे छ ।
बुधबार भएको निर्वाचनबाट नेपाल प्रेस युनियन र प्रेस संगठनको संयुक्त उम्मेद्वार नयाँघरेले ३९ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेद्वरी सुमित श्रेष्ठले ३३ मत प्राप्त गरे भने अध्यक्षका अर्का उम्मेद्वार प्रेस चौतारीका साैजन्यप्रसाद सत्यालले एक मत प्राप्त गरे ।
नेतृत्व चुन्न देशैभर एकसाथ प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचनमा रामेछापमा अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा भएको थियो ।
नयाँघरे र श्रेष्ठबीच कडा प्रतिस्पर्धा भएको हो । जिल्लामा कुल ७३ मत खसेकाे थियाे ।
उपाध्यक्षमा कैलाश खत्रीले ४४ मत ल्याएर विजय भए भने उनका प्रतिद्वन्द्वी युनिक विफा घिसिङले २८ मत प्राप्त गरे ।
त्यस्तै महिला उपाध्यक्षमा रिता कुमारी मगरले ४१ मत पाइन् भने शान्ता श्रेष्ठले ३३ मत प्राप्त गरिन् ।
सचिवमा तुलसीदेवी श्रेष्ठले ४२,सह-सचिव(खुला) रामचन्द्र वि.क. ४६, सह-सचिव (समावेशी) सम्बरबहादुर हायूले ४७ मत ल्याएर विजयी भए ।
त्यसैगरि काेषाध्यक्षमा युवराज श्रेष्ठले प्रतिद्वन्द्वी उम्मेद्वार भन्दा दाेब्बर बढि मतले विजयी भएका छन् । श्रेष्ठले ४९ मत प्राप्त गर्दाे अर्का उम्मेद्वार लेखबहादुर वि.क.ले २३ मत मात्र प्राप्त गरे । श्रेष्ठले प्राप्त गरेकाे मत उम्मेद्वारमध्ये सबैभन्दा बढि हाे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस